१४ करोड ठगी आरोपमा बाफलस्थित साइरियस कलेज सञ्चालक पक्राउ

5

काठमाडौँ, २८ माघ । १४ करोड रुपैयाँ भन्दा धेरै ठगी गरेको आरोपमा बाफलस्थित साइरियस कलेजका सञ्चालक मुकुन्दलाल श्रेष्ठ पक्राउ परेका छन् । उनले सहकारीको नाममा पैसा उठाएर ठगी गरेको प्रहरीले जनाएको छ ।

साइरियस बचत तथा ऋण सहकारी संस्थाका नाममा उनले सयौं व्यक्तिहरुलाई ठगी गरेका हुन् । एक करोड २० लाख रुपैयाँ ठगीको जाहेरी आएको र प्रारम्भिक अनुसन्धानमा उनले करिब १४ करोड रुपैयाँ ठगी गरेको देखिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।

आफन्तहरुलाई नै संचालक राखेर उनले सहकारी स्थापना गरेका थिए। सहकारीको कार्यालय पटक पटक सारेका उनले पछि फरार भएका थिए। सहकारीमा बचतका नाममा सयौं व्यक्तिहरुसँग उनले पैसा लिएका थिए । उनीबाट ठगीनेको संख्या धेरै भएको डिएसपी क्षेत्री बताउँछन् ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here