प्रतिनिधिसभाको समानुपातिक नतिजा सार्वजनिक, कसको कति ?

10

काठमाडौं, माघ २६ । निर्वाचन आयोगले मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ नतिजा सार्वजानिक गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पाएको सिट संख्या सावैजानिक गर्ने निर्णय गरेको हो ।

बैठकले आजै सम्बन्धित राजनीतिक दलहरूलाई सिट संख्या विावरण पठाउनका लागि पत्राचार गर्ने निर्णय समेत गरेको छ । आयोगको निर्णय अनुसार निर्वाचनमा सहभागी भएका ४९ राजनीतिक दलमध्ये पाँच राजनीतिक दलले मात्रै सिट पाउने भएका छन् ।

५ वटा दलहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ४१, नेपाली कांग्रेसले ४०, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १७, राष्ट्रिय जनता पार्टी नेपालले ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेका छन् ।

यस्तो छ नतिजा :

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here