३ लाख घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ !

9

काठमाडौं , माघ ८ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी सहायक निरीक्षक (असई) रेशम खड्का ३ लाख घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी सहायक निरीक्षक खड्कालाई बालाजुबाट पक्राउ गरेको हो । बुटवलमा कार्यरत रहँदा खड्काले लेनदेन ब्यवहारको कागज बनाइदिन सहयोग गरेका थिए ।

१ करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेका उनले सो कागज आफैले राखेर अहिले फिर्ता गर्न ३ लाख मागेको खुल्न आएपछि उनलाई नियन्त्रण लिइएको अख्तियारले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक खड्काले ३ लाख मागेपछि पीडितले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here