कतार गएका युवा उपचार नपाएर विचल्लिमा 

नेपालमा एउटा सम्झौता र कतारमा अर्को गरेर कम्पनीले ठगेको आरोप

96

साउन १०, काठमाडौं । राम्रो तलव पाउने आश्वासनमा कतार पुगेका दुइयुवा भने अनुसारको तलव, सुविधा र उपचार नपाएपछि बिचल्लीमा परेका छन् । काठमाडौंको सामाखुशीस्थित प्यासिफिक ओभरसिलले पठाएका नुवाँकोटका सोहन पाण्डे र दिलिप कार्की बिचल्लिमा परेका हुन् ।
ओभरसिसका सञ्चालक जगत गुरुङले फ्रि भिसा, फ्रि टिकट भन्ने बिज्ञापन गरेर ती दुवैलाई १ लाख २० हजार रुपैयाँ असुली कतार पाठाएका थिए । ओभरसिका मालिक गुरुङले श्रमको झुटो कागजपत्र बनाएर कतारको एके सेक्युरिटी आपूर्ति गर्ने कम्पनीलाई पठाएको थियो ।
उनीहरुले दैनिक १२ घण्टा चर्को घाममा खटिँदा बल्ल महिनाको १ हजार २ सय कतारी रियल तलव पाउने गरेको गुनासो गरे । उनीहरुलाई कम्पनीले ८ घन्टा काम गरेवापत १ हजार ५ सय रियाल तलव दिने सम्झौता गरेको थियो ।
उनीहरुलाई बस्ने सेल्टर पनि आउन–जान तीन घण्टा लाग्ने दुरीमा ब्यवस्था गरिएको छ । त्यहाँ चर्को गर्मीले हातखुट्टामा घाउ आएर थला परेका पाण्डेले प्यासिफिक ओभरसिजले श्रमको झुटो कागज बनाएर आफूलाई फसाएको दाबी गरे । बैदेशिक रोजगार विभागले पनि झुटो श्रम सम्झौताको कागजपत्रमा छाप लगाई दिएको उनको गुनासो छ । ‘खुट्टामा आएको घाउले जुत्ता लगाउन हुँदैन, उनले भने, ‘उपचार गर्न भन्दा कम्पनीले सुनुवाई गर्दैन ।
नेपालका म्यानपावर कम्पनीसँग गरिएको तलब, श्रमको सम्झौता बेग्लै र कतारमा पुगिसकेपछि त्यहाँको कम्पनीले दिने तलबलगायतका विभिन्न सम्झौताहरु बेग्लै रहेको पीडित युवाहरुको गुनासो छ ।
‘चर्को घाममा १२ घण्टा खटेर महिनाको १ हजार २ सय रियल कमाई हुन्छ । के खाने ? के बचाएर घरमा बालबच्चालाई पठाइ दिने ?’ पाण्डेले भने, ‘नेपालमा चर्को ब्याजमा साहूसँग ऋण लिएको हुँ । ऋण तिर्न निकै धौधौ भैरहेको छ ।’ कार्यरत कम्पनीको कार्य क्षेत्रमा प्यास लागेको समयमा पानी पिउनसमेत नपाइने उनले बताए । बस्ने ठाउँ समेत छैन, सौचालय छैन, बेलुकी बस्ने ठाउँमा बत्तीसमेत छैन,’ उनले भने, ‘हामीले नर्कको जिन्दगी गुजारेका छौं । कतारको उक्त कम्पनीमा १ हजार २ सय नेपाली कामदारहरुले दुःखका साथ काम गरिरहेको उनले बताए ।
उनीहरुले आफूहरुले सम्झौताअनुसार तलव नपाएको, उपचार नपाएको, अन्य आधारभूत सुविधा समेत नपाएको गुनासो गरेपछि त्यहाँ कार्यरत कम्पनीका मालिकले धम्क्याएको पाण्डेले बताए । ‘तँलाई मारेर केही फरक पर्दैन भनेर धम्क्याए,’ पीडित पाण्डेले भने, हामी गुनासो गर्न कहाँ जाने ?
पीडित युवाहरु सहयोगको याचना गर्दै त्यहाँस्थिति नेपाली दूतावाससमेत पुगेका थिए । समयको अभाव भन्दै दूतावासका कर्मचारीले फोटोसहित इमेलमा गुनासोसहित निवेदन गर्न आग्रह गरेको उनीहरुले बताए । राजदूतावासबाट आवश्यक सहयोग नपाएको उनीहरुको गुनासो छ ।
त्यसपछि उनीहरुले बैदेशिक रोजगार विभागमा फोन गरेको बताए । ‘त्यहाँ पनि हाम्रो कुराको सुनुवाइ भएन’ उनले भने, ‘एक पुरुष कर्मचारीले फोन उठाउनुभयो । उहाँलाई हाम्रो कुरा सुन्ने फुर्सदै रहेनछ ।’
(हेर्नहोस पीडित युवाको गुनासो र बिलौनाको  भिडियोमा ।)

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here