चट्याङबाट २६ जनाको मृत्यु

104

भारतको विहारमा चट्याङ लागेर २६ जनाको मृत्यु भएको छ । बिहारका सरकारी अधिकारीका अनुसार झरीसँगै परेको चट्याङ लागेर आइतबार राति १० बजेसम्ममा २६ जनाको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेमा बिहारको रोहतास जिल्लाका धेरै छन् । त्यहाँ चट्याङ लागेर पाँचजनाको मृत्यु भएको छ । यस्तै पटनामा पनि चारजनाको मृत्यु भएको छ । मृत्यु भएकाका परिवारलाई स्थानीय प्रशासनले चार लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । भारतीय मौसम विभागका अनुसार बिहारमा आइतबार ठूलो पानी परेको थियो ।

आज पनि मूसलधारे वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here