अष्ट्रेलियाका मधेसी समुदायले होली नमनाउने, सप्तरी घटनाले स्तव्ध

402

सिड्नी । अष्ट्रेलियामा बसोबास गर्दै आएका मधेसी समुदायले यस वर्ष होली नमनाउने घोषणा गरेका छन् । एशोसियसन अफ नेपाल तराई इन अष्ट्रेलियाले सप्तरीमा प्रहरीको गोली लागेर मारिएकाहरुको शोकमा होली नमनाउने निर्णय गरेको हो ।

 

एशोसियसनका महासचिव प्रविण चौरसियाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको सप्तरी जिल्लामा मधेसी आन्दोलनकारीमाथि नेपाल सरकारले गरेको दमन तथा नरसंहारको क्रममा दशौं जनाको ज्यानसमेत नेपाल सरकारले लिएको र सयौं जना घाइते भएकोले यसपालीको होली पर्व नमनाउने निर्णय गरेको छ ।’

एशोसियसनले आन्दोलनमा दमन गरिएको भन्दै सरकारको भ्रत्सना गर्दै मृतक परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

नेकपा एमालेको मेची-महाकाली अभियानलाई अवरोध गर्न खोजेको भन्दै प्रहरीले गत सोमबार गोली चलाउँदा सप्तरीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

अष्ट्रेलियामा करिब एक सय मधेसी परिवार बसोबास गर्दै आएका छन् । ति मधेसी समुदायलाई समेट्ने उद्देश्यले सन् २००८ मा एशोसियसन अफ नेपाल तराई इन अष्ट्रेलिया गठन भएको थियो । एशोसियसनले स्थापनाकालदेखि नै होली पर्व हर्षोल्लासका साथ मनाउँदै आएको थियो ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here